सिन्धुपाल्चाेक - गएको शनिवार आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिनुभयो ।
मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो ।
जोखिममा रहेका बस्ती त...