मलेसियामा बाढीका कारण हजारौँ विस्थापित

मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन्। मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने उत्तरी बोर्नियो राज्य सबाह र पाहाङ राज्यमा पनि बाढीले गर्दा सामान्य जीवन प्रभावित […]

सम्बन्धित सामग्री

मलेसियामा बाढी, १४ को मृत्यु, ७० हजार विस्थापित

मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक बर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बाढीका कारण अन्य ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।   उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पिडित, डु...

मलेसियामा बाढी, ३५ हजारभन्दा बढी नागरिक विस्थापित

मलेसिया । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको...

मलेसियामा बाढी, ३५ हजारभन्दा बढी विस्थापित

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ । यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।