नेपाल हस्तकला महासंघले आगामी मङ्सिर ३ देखि ५ गतेसम्म १८ औ हस्तकला व्यापार मेला तथा १६ औँ क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरूमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष काठमाडौँ हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ । मेला उद्घाटन प्रधान