काठमाडौं : कोरोना संक्रमितको अस्पतालमा राखेर उपचार गर्न नसकिने अवस्था आएको सरकारको भनाईप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालयका आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै संघले सरकारी अभिव्यक्तीप्रति आपत्ति जनाएको हो। ‘जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा को ठहर छ’, संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै