मध्यपुर थिमिमा भैल प्याखः (भैरव नाच), महाकाली, नीलवाराही, इन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका देवगण नाच प्रदर्शन सुरु भएको छ । झन्डै चार दशक बन्द हुन पुगेको यी नाचलाई मध्यपुरवासीले २०७२ सालमा ब्युँताएका थिए । थिमिको लायकु (दरबार) बाट निस्किने भैल प्याखः को अवलोकन गर्न शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनसमेत पुगेका थिए ।