गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस पनि संचालन हुने भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यही चैत्र १३...
कालीकोट – तिलागुफा नगरपालिकाको गाल्जेमा ऐतिहासिक गाल्जे साँघु मेला सुरु भएकाे छ । गएकाे आइतवारदेखि सुरु भएकाे मेला एक हप्तासम्म चल्नेछ । परापूर्वकालमा पतिको निधनपछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झनास्वरूप १२ वर्षमा एक पटक यो मेला लाग्ने गर्दछ । माघ पूर्णिमाको अवस/मा ऐतिहासिक तथा धार्मिक महt\त्व बोकेको यो मेला स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।
गएकाे असोज १९ गतेदेखि परेको अविरल वर्षाले ऐतिहासिक गाल्जे साँघु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो । गाल्जे साँघु बगाएपछि स्थानीयले...
काठमाडौँ,२ माघ । परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास गरिएको हो । जैमिनी ऋषिले तपस्या गरेर ज्ञानआर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठूलो व्यापार […]
परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास
पाँचथर – पाँचथरको फिदिम नगरपालिका ४ मा रहेकाे पर्यटकीय एवम् ऐतिहासिक स्थल सुम्हालुङ गढीको प्रवर्द्धनका लागि चासोक मेला सुरु भएको छ । यो क्षेत्र धार्मिक पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
हिजाे बुधवारदेखि सुरु भएको चासोक मेला यही पुस २३ गतेसम्म सञ्चालन हुने छ । पूर्वी नेपालमा बसोवार गर्ने लिम्बू जातिको महान् चाड चासोक तङ्नामको अवसरमा यहाँ बर्सेनि मेला लाग्ने गर्दछ ।
नेपाली भाषामा 'चासोक' को शाब्दिक अर्थ न्वागी र 'तङ्नाम' को अर्थ चाडपर्व भन्ने बुझिन्छ । यतिखेर लिम्बू समुदायले चासोक र तङ्नाम पन...
काठमाडौँ,२२ कार्तिक । बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएका छन् । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए। उनका अनुसार पुराना […]
बुटवलः पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ। तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा आजदेखि कार्तिक २२ गते (पूर्णिमा) सम्म मेला आयोजना गरिएको हो।
हरेक वर्षको कार्तिक पूर्णिमाको अवसरमा ३ दिन लाग्दै आइरहेको धार्मिक मेला यो वर्ष राम्रो योग परेकाले ५ दिनसम्म सञ्चालन हुने…
दाङ - दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ ।
जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।
पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएकाे वर्षदेखि दाङबासीले नै चासोका साथ पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताउनुभयो ।
उहाँकाअनुसार मेला आउँदाे चैत २ गतेसम्म सञ्चालन हुनेछ । याे मे...