मौन अवधि सुरु भए पनि राजनीतिक दलका कार्यकर्ताले आचारसंहिताविपरित सामाजिक सञ्जालबाट प्रचार–प्रसार रोकेका छैनन । निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामा दल र उम्मेदवारको प्रचार प्रसार गर्न नपाईने र मौन अवधि अघि राखेका राजनैतिक दल र उम्मेदवारको प्रचार सामग्री हटाउनुपर्ने जनाएको छ । तर यहाँका राजनैतिक दल, तिनका नेता, कार्यकर्ता र उम्मेदवारका फेसबुक पेजबाट निरन्तर चुनाव प्रचार प्रसार गरिरहेका छन् ।