दमौली –स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्। जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँद्वारा बुधबार आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन्। तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका […]