काठमाण्डाै – प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका चुनापमा आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको छ ।
काउन्सिलले आज बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो । निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको हो ।
चुनावका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्...