काठमाडौं : नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले पूर्वमन्त्री रामचन्द्र झाले आफूहरूमाथि दुव्यर्वहार गरेको आरोप लगाएका छन्। केही कार्यकर्तासहित मंगलबार कम्पनीको जनकपुरस्थित कार्यालयमा पुगेका झाले आफूहरूलाई अपशब्द बोली हातपात प्रयास गरेको कर्मचारीहरूको आरोप छ।१२ जना कर्मचारीहरूले कम्पनीका कार्यालय प्रमुखलाई संयुक्त निवेदन दिँदै आफूहरूलाई दुर्व्यवहार गर्ने झासहित सबैमाथि कारबाही माग गरेका छन्। झाले ‘यहाँको कर्मचारी को हो? कसरी जनकपुरमा रेल चलाउँदो रहेछ’ भनेर