जनकपुर । नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्व कर्मचारीको एक समूहले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नयाँ कर्मचारीलाई दिइरहेको तालिम तत्काल रोक्न माग गरेका छन् । बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै नयाँ कर्मचारीलाई नेपाल रेल्वेले दिइरहेको तालिम कानुन विपरीत रहेको भन्दै तत्काल रोक्न उनीहरुले माग गरेका हुन् ।पुराना रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधामको मत्स्य तालिम केन्द्रमा चलिरहेको तालिम स्थगित नभएमा र सात दिनभित्र नवनियुक्त क