जनकपुर रेल्वे कम्पनीमा कर्मचारीले लगाए ताला

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।

सम्बन्धित सामग्री

कार्तिक पूर्णिमा : जयनगर-जनकपुर रेल थप समय चलाइने

जनकपुरधाम : यही २२ मंगलबार गते कार्तिक पूर्णिमामा कमला स्नानका लागि तीर्थयात्रीलाई मद्देनजर गरी जयनगर जनकपुर रेल्वे थप ट्रिप चलाइने भएको छ।नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले शनिबार सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरूलाई सहज होस् भनी २१ गते देखि २३ गतेसम्म  नियमित समय बाहेक पनि रेल चलाउने जानकारी दिएको छ।यो दिन चन्द्रग्रहण रहेको छ। ग्रहणका वेला श्रद्धालु स्नानका लागि नदी‚ जलाशय जाने गर्छन्।प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले

जनकपुर रेल्वे कम्पनीमा कर्मचारीले गरे तालाबन्दी

काठमाडौं : नेपाल रेल्वे कम्पनीका कर्मचारीले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्।रेल्वे कम्पनी जनकपुरले ज्यालादारीका कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।जनकपुर कार्यालयले केही दिनअगाडि ज्यालादारीमा काम गर्ने १ सय ५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो।रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा ०५८ सालदेखि नै कार्यरत रहेकोमा अहिले आएर बिना कारण आफूहरूलाई हटाएक

जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका...

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

साउन ३, धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज (आइतवार) रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ ।  रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिए ।  उनले भने, ‘ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।’ महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आइतवार रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् । उनले परीक्षणका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए । उनले भने, ‘परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।’ परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दूर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिए ।  उनले जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरे । उनले जनकपुरबाट भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रू. ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरीद गरेको दुईओटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ । रासस

जयनगर–जनकपुर रेल्वे ट्र्याकमा ‘स्पीड’ परीक्षण गर्ने तयारी

काठमाण्डाै – सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी भएको छ ।जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसाधारणसँग अनुरोध समेत गर्नुभएको छ । ट्र्याक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ ।