महोत्तरीको मटिहानीमा सोमबार राष्ट्रपति विद्या भण्डारी आएकी छिन् । उनको स्वागतको तयारी पूरा भएको छ । मटिहानीका सडकहरू मर्मत र सरफाइ गरिएको छ । झिलिमिली बत्ती बालिएको छ । स्वागतमा...
महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भई लाखौँको क्षति भएको छ । […]
महोत्तरीकाे मटिहानी नगरपालिका कृषी कर्मको लागि नाम चलेको पालिका हो । यो पालिका तरकारी खेती देखि मखान खेतीसम्म प्रसिद्ध छ भने माछाकै लागि समेत मटिहानीमा पर्याप्त पोखरीहरु छन् ।
खेतमा पसिना बगाउन...
काठमाडौँ,३ पुष । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको हो । महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको […]
महोत्तरीको एक पालिकाले परिक्रमामा सहभागी भएका श्रद्धालु भक्तजनलाई स्वागत गर्नका लागि एक दिने बिदाको घोषणा गरेका छन् । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले आइतबार बिदा दिएको मटिहानी नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै घोषणा गरेका हुन् ।१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आइतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरमा सार्वजनिक बिदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । धनुषाको कचुरीबाट डोलासहित पर
काठमाण्डाै - महोत्तरीको मटिहानी नगरपालिका–८ मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेकाे छ ।
स्थानीय जगदीशप्रसाद गुप्ताको घरमा बिहान विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको किराना पसलमा बिहान ७ बजेतिर आगो लागेको र दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा निभाइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
...
मुलुककै ‘मठहरूको नायक’ लक्ष्मीनारायण मठ मटिहानीमै छ । संस्कृत शिक्षाको केन्द्र मटिहानीमा ३०३ वर्ष पुरानो मुलुककै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत कलेज) छन् । जिल्लाको सुदूरदक्षिणपूर्वी भारतसँग सीमा जोडिएको मटिहानी नगरका धार्मिक सम्पदा यहाँका पुराना वैभव हुन् ।
मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, लक्ष्मी नारायण मठ र जलेश्वरनाथ महादेवको दर्शनका लागि राष्ट्रपति आउन लागेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए।...
महोत्तरी, ५ मंसिर । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह […]
११ असार, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि […]