फुड डेलिभरीदेखि राइड शेयरिङ एउटै एपमा

१४ मंसिर, काठमाडौं । फुड डेलिभरीदेखि राइड शेयर लगायत अनेक सुविधा बोकेर ‘योपो सुपर एप’ सार्वजनिक भएको छ । दैनिक जीवनमा अत्यावश्यक विभिन्न सुविधालाई एउटै एप्लिकेसनमा एकीकृत गरेर ल्याइएको यो एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने निर्माणपक्षले जनाएको छ । ‘थिंक फ्युचर’ नारासहित शुरु भएको यो एपले अहिले विभिन्न क्षेत्रका व्यवसायीसँग ‘टाई अप’ […]

सम्बन्धित सामग्री

राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । टुटलले भदौ २० गतेदेखि आफ्नो सेवा सुरू गरेको हो ।  ज्याप सर्भिसेस प्रालिले बुधबारदेखि टुटललाई रिब्रान्डिङसहित सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले पहिलो ८८ वटा राइडमा ८८ प्रतिशत छुट दिने जनाएको छ । केही समय पहिले बन्द भएको टुटल फेरि नयाँ व्यवस्थापले सञ्चालनमा ल्याएसँगै वेबसाइट पनि...

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ई-सवारी नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।  ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले कम्पनी राइडर भर्ना गर्न थालेको छ । यदी तपाई पनि राइडरको रूपमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुहोस् ।  नयाँ लक्ष्य र उपभोक्तालाई...

विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिँदै सुन्दर यातायात

काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय स्कुटरमार्फत काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवा शुरू गर्ने तयारी गरेको छ । आगामी वैशाख १ देखि तीन चरणमा गरी १०० ओटा विद्युतीय स्कुटरमार्फत सेवा शुरू गरिने कम्पनीले जानकारी दिएको छ । यसका लागि ५ करोड रुपैयाँ लगानी हुने कम्पनीले बताएको छ । पहिलो चरणमा ३०, दोस्रो चरणमा ३० र तेस्रो चरणमा ४० ओटा स्कुटरमार्फत सेवा दिइने कम्पनीले बताएको छ । कम्पनीले नै विद्युतीयमा रूपान्तरण गरेका ५० ओटा र आयातित ५० ओटा विद्युतीय स्कुटर राइड शेयरिङ सेवामा प्रयोग गरिने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार विद्युतीय स्कुटरमार्फत राइड शेयरिङसहित फुड डेलिभरी सेवासमेत दिइनेछ । यसमा जोडिन चाहने राइडरका लागि यसअघि नै आवेदन खोलिसकिएको कम्पनीले बताएको छ । हालसम्म १ हजार ६०० जनाले आवेदन दिइसकेको कम्पनीको भनाइ छ । दुईपांग्रे सवारीसाधनको चालक अनुमतिपत्र भएका नेपाली नागरिक यसमा आबद्ध हुन सक्ने अध्यक्ष थापाले बताए । राइडरको आवेदनका लागि कम्पनीले शुल्क लिएको छैन । राइड शेयरिङ सेवामा प्रयोग गरिने स्कुटर कम्पनीले नै उपलब्ध गराउने हुँदा आफ्नो सवारीसाधन नहुने राइडरलाई समेत सहज हुने कम्पनीको भनाइ छ । स्कुटरको चार्जिङ तथा मर्मतसम्भार खर्च समेत कम्पनीले नै बेहोर्नेछ । कम्पनीले आफ्नो खर्च कटाएर राइडरलाई दैनिक ८०० देखि १ हजार रुपैयाँसम्म पारिश्रमिक दिने बताइएको छ । ‘काठमाडौं उपत्यकामा अहिले विभिन्न राइड शेयरिङ कम्पनीले पेट्रोलबाट चल्ने बाइक/स्कुटरमार्फत सेवा दिइरहेका छन् । सेवाग्राहीले त्यसमा महँगो शुल्क तिर्नुपरेको छ,’ अध्यक्ष थापाले भने, ‘तर विद्युतीय स्कुटरमार्फत सुन्दर यातायातले शुरू गर्ने राइड शेयरिङ सेवा पेट्रोलबाट चल्ने सवारीसाधनको भन्दा ५० प्रतिशत सस्तो हुनेछ ।’ सेवाग्राहीले सेवा लिन सुन्दर यातायातको एपमार्फत आफू जाने स्थान र त्यहाँसम्म लाग्ने भाडा राखेर राइडरलाई ‘रिक्वेक्ट’ पठाउनुपर्नेछ । उक्त रिक्वेस्ट सबैभन्दा नजिक रहेको राइडरले स्वीकार गर्न सक्ने व्यवस्था छ । त्यसपछि यात्रुले आफू भएको स्थानबारे अनलाइनमार्फत जानकारी दिएपछि राइडरले यात्रु भएकै स्थानबाट ‘पिकअप’ गर्नेछन् । यात्रुको सुरक्षाका लागि राइडरले प्रयोग गर्ने हेल्मेटको अगाडि र पछाडि क्यामेरा जडान गरिएको हुनेछ । सो क्यामेरामा रेकर्ड भएका फुटेज ७२ घण्टासम्म मात्र सुरक्षित रहने भएकाले राइडरले गरेका कुनै दुव्र्यवहारसम्बन्धी उजुरी गर्नुपरेमा यात्रुले उक्त समयभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ । राइडर र सेवाग्राही दुवैको दुर्घटना बीमा समेत गरिएको छ । काठमाडौं उपत्यकाबाट शुरू हुने राइड शेयरिङ सेवा बुटवल र पोखरामा समेत शुरू गर्ने योजना कम्पनीले बनाएको छ । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले विगत एक वर्षदेखि विदेशबाट पाटपुर्जा आयात गरी नेपालमै विद्युतीय बाइक र स्कुटर उत्पादन गरिरहेको छ ।

नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर

पछिल्लो समय नेपालमा राइड शेयरिङ सेवा लोकप्रिय हुँदै गइरहेको छ । विशेष गरी काठमाडौं उपत्यकामा यस्तो सेवा धेरै लोकप्रिय छ । राइड शेयरिङका लागि धेरै कम्पनीहरू बजारमा छन् । नेपाली राइड शेयरिङ बजारमा ‘इनड्राइभर’ नामक अन्तर्राष्ट्रिय कम्पनी पनि प्रवेश गरेको छ । गत अप्रिलदेखि नेपालमा सेवा दिन थालेको छ । तर अफ्रिलदेखि सेवा सुरू गरेको इनड्राइभर नेपालमा दर्ता नभएको भन्दै तीब्र...

टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट

काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइट बन्द अवस्थामा छ भने आधिकारिक फेसबूक पेज पनि गत मेदेखि अपडेट भएको छैन् । प्लेस्टोरमा टुटलको एप त छ तर यो ‘रेस्पिोन्सिभ’ अवस्थामा छैन । सडकमा टुटलका राइडहरु देखिन छाडेका छन् । पुराना राइडहरु कोही अफलाइन राइड त कोही अन्य राइड शेयरिङ प्लेटफर्ममा स्विच भईसकेका छन् । यस्तो अवस्थमा अहिले सामाजिक...

पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने

राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभियान अन्तर्गत विद्यार्थीलाई पठाओमा राइडर बन्न कुनै शुल्क लाग्ने छैन् ।  विद्यार्थीहरूमा ‘पढ्दै कमाऊ र आत्मनिर्भर बनौं’ भन्ने भावना जागृत गर्न अभियान सुरू गरेको कम्पनीले जनाएको छ ।  पठाओमा आफ्नो सवारी दर्ता गर्न दुई पांग्रे सवारीको लाइसेन्स र ब्लुबुक आवश्यक पर्नेछ । त्यस्तै आफु...

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । यस अफर अन्तगर्त राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्न सक्ने छन् भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्न सक्ने छन् ।  कम्पनीका अनुसार असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक...