राइड शेयरिङ सेवालाई उद्योगको मान्यता

सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्

सम्बन्धित सामग्री

राइड शेयरिङलाई सरकारले दियो उद्योग तथा सेवाको मान्यता

काठमाडौं । सरकारले १८ माघमा राजपत्रमा सूचना प्रकाशित गर्दै राइड शेयरिङलाई उद्योगको मान्यता दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै राइड शेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिइएको हो । ऐनको अनुसूची ८ मा क्रम संख्या ६६ थप गरी उक्त व्यवस्था गरिएको हो ।  यससँगै सरकारले उद्योगको दर्ता, नियमन सम्बन्धी कामकारबाहीलाई सरल बनाउन आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्नसक्ने छ ।  राइड शेयरिङले उद्योगको मान्यता नपाउँदा यो क्षेत्रमा विभिन्न कानूनी अड्चन आउने गरेको थियो । अब भने उद्योग दर्ता गरी व्यवसाय सञ्चालन गर्ने कानूनी बाटो खुलेको छ ।  हाल नेपालमा स्वेदेशी र विदेशी कम्पनीहरूले राइड शेयरिङ सेवा दिँदै आएका छन् ।