पोखरा – दैलो उघारेर आँखा खोल्दा देखिने फेवाताल र पोखरा बजार। टलक्कै टल्कने हिमालका दृश्य। गाउँको शिरानमा पञ्चासेको डाँडा। सराङकोट र पुम्दीकोटको टाकुरासँग जोडिएको चापाकोट पर्यटनमा वामे सार्दै छ। पुरिएर साँघुरिँदै गएको फेवाताल र गाउँघर रित्तिँदा फैलिएको पोखरा बजारको विकासलाई एकनासले नियालिरहेको चापाकोटले पोखरा आएका पर्यटक गाउँ उकालेर आर्थिक समृद्धिको बाटोमा हिँड्न सम्भावना खोज्दै छ। […]