पोखराको लेकसाइडमा पुस १५ देखि १७ गतेसम्म २३औँ सडक महोत्सव हुने

पोखरा : रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)को आयोजनामा पोखराको लेकसाइडमा २३औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेवानले हरेक अंग्रेजी नयाँ वर्षमा आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पुस १५ गतेदेखि १७ गतेसम्म हुने रेवान अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए। ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटक प्रवर्द्धन आजको मुल आवश्यकता’…

सम्बन्धित सामग्री

२३औँ पोखरा सडक महोत्सव पुस १५ देखि

काठमाडौं । २३औँ संस्करणको पोखरा सडक महोत्सव यही पुस १५ गतेदेखि हुने भएको छ । कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै ‘पोखरा खुल्दै छ’ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन र पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’को रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको हो । सडक महोत्सव पुस १५ देखि...

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यसपटक पनि ‘पोखरा स्ट्रिट फेष्टिबल’ आयोजना हुने

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यस वर्ष पनि वृहत पोखरा स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने मुल नाराका साथ आगामी पुस १५ देखि १७ गतेसम्म पोखराको लेक साइडमा २३ औं सडक महोत्सव हुन लागेको हो ।अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुँदै आएको यस खालको भेष्टिभलमा सडकमै विभिन्न खानाको परिकारसँगै नेपाली भेषभुषा तथा कलाको प्रदर्शन गरिन्छ । तीन दिनसम्म चल्ने यस पटकको महोत्सवमा पनि सडकमै खाउ, सडक

२३औं पोखरा सडक महोत्सव पुस १५ देखि १७ सम्म

सडक महोत्सवका अवसरमा पोखराका पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलक्षित छुट प्याकेज घोषणा गरेका छन्।...

२३ औँ पोखरा सडक महोत्सव हुँदै

काठमाडौं, १० पुस: अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी […]

पोखरा सडक महोत्सव पुस १५ देखि

२३औं सस्ंकरणको पोखरा सडक महोत्सव २०७८ आगामी पुस १५ गतेदेखि पोखरामा हुने भएको छ ।कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पालना गर्दैै, पोखरा खुल्दैछ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव हुने भएको आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रर्दशन […]

‘न्यु इअर इभ’मा पोखरामा सडक महोत्सव हुँदै

पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो । रेवानका अध्यक्ष लक्षमण बरालले भने,‘कोरोनाको मारमा परेको […]

पुस १५ देखि पोखरा सडक महोत्सवको २३ औं संस्करण

कोरोना कहरले पर्यटन क्षेत्र ध्वस्त हुँदा पनि आफ्ना नियमित संस्करणलाई कायम राख्न सफल पोखरा सडक महोत्सवको २३ औं संस्करण १५ पुस देखि सुरु हुने भएको छ । लेकसाइडको तीन किलोमिटर...

पुस १५ गतेदेखि फेवाताल किनारामा सडक महोत्सव शुरु

मंसिर २५, कास्की । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोशियसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा २३ औँ सडक महोत्सव हुने भएको हो ।  पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्नका लागि अंगे्रजी नयाँ वर्षको अबसरमा सडक महोत्सवको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड वार एसोशियसन (रेवान)ले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।  पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई महाभूकम्प, नाकाबन्दी लगायतका विपदमा समेत निरन्तरता दिदैं आएकाले यसवर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले विगतका वर्षमा जस्तै यसपटक पनि विभिन्न जनसमुदाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको बताए ।  ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रदर्शन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।  पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ । सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा व्यवसायीको छ । अंग्रेजी नयाँ वर्षमा विगत दुई दशकदेखि पोखरामा सडक महोत्सवको आयोजना गरिदै आएको छ ।  प्रत्येक वर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउदै आएको आयोजकको दावी छ । महोत्सवमा अघिल्लो  वर्षको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ ।

२३ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ तयारी

यो पटकको २३ औं संस्करण पनि तीनदिन मात्र हुने आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले जनाएको छ। रेबानका अध्यक्ष लक्ष्मण बरालले २३ औं संस्करण पुस १५ देखि १७ गतेसम्म आयोजना गर्न थालेको जानकारि दिए।...

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउनुस्ः रेबान

कास्की । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ । सडक महोत्सवको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान  गरेको हो । सडक महोत्सव यही पुस १५ गते १ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए । “पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५, १६ र १७ गते हुँदैछ, कार्यक्रमको गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी