अंग्रेजी नयाँ वर्षमा बन्दीपुरमा आठ हजार पर्यटक

काठमाडौं : अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन्।अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो।क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए। ‘विदेशी पर्यटक पाँच÷छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए’, उनले भने।बन

सम्बन्धित सामग्री

एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । आइतबारदेखि बिदा भएको अंग्रेजी नयाँ वर्ष सन् २०२३ को एक वर्षको अवधिमा झन्डै १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोही कारण विदेशी पर्यटक आगमनका दृष्टिले सन् २०२३ नेपालका लागि एकदमै उत्साहजनक बन्यो । सन् २०२३ को डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल […] The post एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भेडेटारमा नवौं फुड फेष्टिवल पुस १६ गतेदेखि शुरु

पुस १२, धनकुटा । प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एसोसिएशन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने भएको हो ।  चिसो मौसम रहने धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करीब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।  उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए । तर यो वर्ष कोभिड-१९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशंका पनि रहेको अध्यक्ष रुम्दालीले बताए ।  २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएशन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए । तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जानकारी दिएको छ । फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा ¥याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ । त्यस्तै, डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  तीन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टलहरु हुनेछन् । फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ ।  करीब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । यस्तै प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन् । फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु दैनिक प्रस्तुति रहने बताइएको छ । फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए । यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।