निर्धारित समयमा एनएसएल नहुने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मात्र एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म आयोजनाको स्वीकृति प्रदान गरेको थियो। साथै बैठकले प्रतियोगिताका लागि खेलाडी दर्ता एन्फाले नभई एनएसएल स्वयम्ले गर्ने, प्रतियोगिता गोल्डकप शैलीमा गर्ने र यस संस्करणपछि एनएसइएमसँ...

सम्बन्धित सामग्री

पोखरालाई ‘टाइब्रेकर’मा पराजित गर्दै धनगढी नेपाल सुपर लिगको फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा …

हिजाजीको निर्णायक गोलमा धनगढीको विजयी सुरुवात

काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढीले नवप्रवेशी विरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको छ। निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा सनसनिपूर्ण जित हासिल गर्दै धनगढीले लिगमा विजयी सुरुवात गरेको हो। सब्सटिच्युट खेलाडी अहमद हिजाजीले बराबरी उन्मुख खेलमा अन्तिम समयमा निर्णायक गोल गरेका थिए। अधिकांस समय १-१ को गोलको अवस्थामा रहेको खेलमा हिजाजीले […]

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि

निर्धारित समयमा एनएसएल नहुने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मात्र एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म आयोजनाको स्वीकृति प्रदान गरेको थियो। साथै बैठकले प्रतियोगिताका लागि खेलाडी दर्ता एन्फाले नभई एनएसएल स्वयम्ले गर्ने, प्रतियोगिता गोल्डकप शैलीमा गर्ने र यस संस्करणपछि एनएसइएमसँगको सम्झौता अन्त्य हुने निर्णय गरेको थियो।

एनएसएलले भन्योः प्रतियोगिता निर्धारित समयमा सञ्चालन गर्न सक्दैनौँ

काठमाडौँ– फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण निर्धारित समयमा सञ्चालन नहुने भएको छ। आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोगका कारण प्रतियोगिता निर्धारित समयमा सञ्चालन गर्न नसक्ने जनाएको हो। एनएसएल आवद्ध १० वटा क्लबसँगको संयुक्त बैठकपछि आयोजकले विज्ञप्ति जारी गर्दै एन्फाको असहयोग […]

निर्धारित समयमा एनएसएल हुन नसक्ने

नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा हुन नसक्ने भएको छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले बताएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले एनएसएल गर्न नसकिने बताएको हो । १० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरुबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताएका छन् । उनीहरुले एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण नि

एनएसएल पूर्व निर्धारित मितिमै गर्न एन्फाको स्वीकृती

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) पूर्व निर्धारित मिति अनुसार नै हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसइएम) प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई पत्र पठाउँदै आयोजनाको लागि अनुमति प्रदान गरेको जानकारी गराएको छ । एनएसएलको दोस्रो संस्करण चैत २५ देखि जेठ […]

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडाैं : धनगढी एफसी नेपाल सुपर लिगको फाइनल प्रवेश गरेको छ। प्ले अफअन्तर्गत पहिलो खेलमा काठमाडौं रेजर्सलाई धनगढीले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले काठमाडौंलाई २–१ ले हरायो। निर्धारित समय १–१ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो। अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए।विशालको गोल नै धनगढीका लागि फाइनल प्रवेशका लागि पर्याप्त भयो। यसअघि लिग चरणमा समेत

काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको  हो ।निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर  एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । खेलमा काठमाण्डौले पर्याप्त ...

काठमाडौं र धनगढीबीचको खेलको निर्णय अतिरिक्त समयबाट

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलको निर्णय अतिरिक्त समयबाट हुने भएको छ। प्लेअफको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्स र धनगढी एफसीले निर्धारित समय १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। खेलमा काठमाडौंका तेज तामाङले गोल गर्दा धनगढीका पुजन उपरकोटीले बराबरी गोल फर्काए।