काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको  हो ।निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर  एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । खेलमा काठमाण्डौले पर्याप्त ...

सम्बन्धित सामग्री

पोखरालाई ‘टाइब्रेकर’मा पराजित गर्दै धनगढी नेपाल सुपर लिगको फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा …

नेपाल सुपर लिगको उपाधि भिडन्त शनिवार : धनगढी भर्सेस काठमाडौं

वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ […]

नेपाल सुपर लिग : काठमाडौं फाइनलमा

काठमाडौंं रेजर्सले बिहीबार नेपाल सुपर लिगको फाइनल यात्रा तय गरेको छ । उसले यसका लागि दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि ३–० को प्रभावशाली जित निकाल्यो । अब शनिबार हुने उपाधिको भिडन्तमा काठमाडौं र धनगढी एफसी भिड्ने छन् । हारले भने प्रतियोगितामा ललितपुरको उत्कृष्ट पुर्नआगमन यात्रा टुंगेको छ ।

नेपाल सुपर लिग : प्लेअफ अघि सबैको राम्रो प्रदर्शनको दाबी

नेपाल सुपर लिगको प्लेअफ मंगलबारदेखि सुरु हुनेछ । त्यसको पहिलो खेलमा लिग चरणको शीर्ष दुई स्थानमा पर्ने टिम भिड्ने छन्, काठमाडौं रेजर्स र धनगढी एफसी । बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

नेपाल सुपर लिगको प्ले अफको समीकरण पूरा

नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा भएको छ । सुपर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं र चितवनबीचको खेल सम्पन्न भएसँगै प्ले अफको समीकरण प्रष्ट भएको हो । काठमाडौं अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ । लिगको अन्तिम खेलमा उसले एफसी चितवनलाई २–१ ले हराएर तीन अङ्क बटुल्दै छ मध्ये चार खेलमा जित हात पारेर १३ अङ्कसहित शीर्षस्थानमा उक्ल्यो । फाइनलमा प्रबेशका लागि काठमाडौं रेजर्सले धनगढी एफसीको सामना गर्नेछ । लिगको छ खेलमध्ये चारमा जित हात पार्ने काठमाडौं एक्लो टोलि हो । धनगढी एफसी दोस्रो स्थानमा छ । उसले छ मध्ये तीनमा जित, एक बराबरी र दुईमा हार बेहोरेको छ ।

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...