पौडेल पक्षको बैठकस्थलबाहिर कार्यकर्ताको नाराबाजी

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन कार्यक्रम सुरु हुँदै गर्दा रामचन्द्र पौडेल पक्ष सभापतिको साझा उम्मेदवार तय गर्न छलफलमा व्यस्त छ । शनिबार राति अबेरसम्म पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । यसैबीच फुडल्याण्डअघि कार्यकर्ताहरूले सहमतिको दवाव दिँदै नाराबाजी गरिरहेका छन् । उनीहरुले सहमतिमा सभापति र पदाधिकारीको उम्मेदवार तय गर्न दवाव दिँदै नाराबाजी गरिरहेका हुन्।  

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षको विरोध प्रदर्शन

नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् । उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् । प्रदर्शनमा नेविसंघ, तर

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा संस्थापन इतर पक्षको नाराबाजी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा विवाद भएको छ । कार्यक्रममा संस्थापन पक्षका नेता एवं गण्डकी प्रदेशमा देउवा प्यानलबाट सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएको भन्दै संस्थापन इतर पक्षका नेता कार्यकर्ताले नाराबाजीसहित विरोध जनाएका हुन् ।काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको निर्देशनमा कार्यक्रम सञ्चालकले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका जोशीलाई मात्र बोल्न दिइएको हो । जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न दि

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा पौडेल पक्षका कार्यकर्ताको नाराबाजी

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नाराबाजी भएको छ । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् । कार्यक्रममा पौडेल पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी र विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका […]

महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन

जनकपुरधामः नेकपा (एमाले) का स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा प्रदर्शन गरेका छन्। शनिबार असन्तुष्ट पक्षले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा नाराबाजी गरेका हुन्। महाधिवेशन प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेको आरोप असन्तुष्ट पक्षको छ।

आन्दोलन बिथोल्न सर्वोच्च गेटमा पुगेर नाराबाजी गर्ने चोलेन्द्रका समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र आन्दोलनरत कानून व्यवसायीहरूको विरोधमा नाराबाजी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । तारा अधिकारीसहित प्रधानन्यायाधीश जबराका समर्थकहरूलाई प्रहरीले सर्वोच्चको मूल गेट अगाडिबाट पक्राउ गरेको हो । शिवसेना नेपालका मनोज सापकोटा पनि त्यसक्रममा पक्राउ परेका छन् । उनीहरूले आन्दोलनरत पक्षको विरोध र प्रधानन्यायाधीश जबराको समर्थनमा नाराबाजी गरेका थिए । प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले अहिले सर्वोच्च परिसरबाट मूल गेटमा धर्ना दिइरहेको छ ।

ओलीलाई नेपाल पक्षको आग्रह : नाराबाजी रोक्नुस्, एकता प्रक्रिया अघि बढाउनुस्

६ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ । आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो […]