प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र आन्दोलनरत कानून व्यवसायीहरूको विरोधमा नाराबाजी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
तारा अधिकारीसहित प्रधानन्यायाधीश जबराका समर्थकहरूलाई प्रहरीले सर्वोच्चको मूल गेट अगाडिबाट पक्राउ गरेको हो ।
शिवसेना नेपालका मनोज सापकोटा पनि त्यसक्रममा पक्राउ परेका छन् । उनीहरूले आन्दोलनरत पक्षको विरोध र प्रधानन्यायाधीश जबराको समर्थनमा नाराबाजी गरेका थिए ।
प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले अहिले सर्वोच्च परिसरबाट मूल गेटमा धर्ना दिइरहेको छ ।