नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा विवाद भएको छ । कार्यक्रममा संस्थापन पक्षका नेता एवं गण्डकी प्रदेशमा देउवा प्यानलबाट सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएको भन्दै संस्थापन इतर पक्षका नेता कार्यकर्ताले नाराबाजीसहित विरोध जनाएका हुन् ।काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको निर्देशनमा कार्यक्रम सञ्चालकले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका जोशीलाई मात्र बोल्न दिइएको हो । जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा बोल्न दि