पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको उनकै घरमा काम गर्ने राम उजैन रायले हत्या गरेको खुलेको छ । गत साउन ७ गते मध्यरातमा चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित फार्म हाउस नजिकका रामचन्द्रका संधियार वीरेन्द्र रायको आर्थिक प्रलोभनमा परी राम उजैनले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । वीरेन्द्र र राम उजैनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।