दुई साताअघि पाल्पामा मृत फेला परेकी एक बृद्ध महिलाको तीन जना पुरुषले हत्या गरेको प्रहरीले खुलासा गरेको छ । गत पुस २३ गते विहान तानसेन नगरपालिका–६, कन्सरेकी ६५ बर्षीया सरस्वती देवी घर्तीमगर घरदेखि तलको भिरमा मृत फेला परेकी थिइन् । त्यस दिन विहान उनका कान्छा छोरा गणेश घर्तीमगरले आफ्नो घरबाट आमाका लागि चिया लिएर आउँदा आमा घरमा थिइनन् ।विस्तारा र ढोका रक्ताम्मे देखेपछि खोज्दै जाँदा उनले तल भिरमा मृत फेला पारेका थिए । छोराको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा तीन जनाको स