बन्द हुने अवस्थामा द्रुत बस सेवा

काठमाडौं। गत असोज ३ गतेदेखि सरकारले सञ्चालन गरेको दु्रत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक अध्ययन नै नगरी सञ्चालनमा ल्याएकाले द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको हो । मन्त्रालयले भक्तपुरको सूर्यविनायक–रत्नपार्क (१३ किलोमिटर) रूटमा २५ ओटा बस सञ्चालनमा ल्याएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा यातायात क्षेत्रमा एउटा ठूलो उपलब्धि भएको दाबी गरेका थिए । उक्त सेवा २ करोड रुपैयाँको लगानीमा शुरू गरिएको थियो । द्रुत बसलाई छुट्टै लेनमा गुड्ने सुविधाका लागि रातो रङ पोतिएको थियो । ती लेनमा दैनिक बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म दु्रत बस गुड्ने बताइएको थियो । तर अहिले यो सेवा अव्यवस्थित बनेको छ । द्रुत बस गुड्न छुट्टै लेनको व्यवस्था गरिए पनि सबै गाडी सोही लेनबाट गुड्दा दु्रत बस सेवा प्रभावकारी हुन नसकेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘द्रुत बस सेवा अन्तर्गत सञ्चालित बस र अन्य बस गुड्ने लेन एउटै भयो, जसले गर्दा यसको प्रभावकारिता घट्यो,’ उनले भने, ‘द्रुत यातायातको सेवा दिने विषयमा हामी नयाँ नै छौं, सिक्दै पनि छौं । सञ्चालनअघि अध्ययन पनि कम भयो । तिहारपछि यसलाई थप प्रभावकारी ढंगले अगाडि बढाउँछौं ।’ एम्बुलेन्स र दमकललाई भन्दा पनि बढी प्राथमिकतामा राखेर द्रुत बसका नाममा छुट्टै लेनको व्यवस्था गरिएकाले साधारण यात्रुवाहक बस तथा अन्य गाडीले घण्टौंसम्म ट्राफिक जाम खेप्नुपरेको भन्दै यसको आलोचना समेत हुँदै आएको छ । विभागका महानिर्देशक रिजालले तिहारपछि उक्त रुटमा चल्ने सबै सार्वजनिक यात्रुवाहक बसलाई द्रुत बस सेवा अन्तर्गत सञ्चालन गर्नेगरी अध्ययन भइरहेको बताए । मन्त्रालयले सो सेवा परीक्षणका लागि मात्रै शुरू गरिएको भन्दै व्यवस्थापनमा केही समस्या देखिनु स्वाभाविक भएको दाबी गरेको छ । मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले अब थप अध्ययनसहित प्रभावकारी रूपमा द्रुत बस सेवा शुरू गरिने उनले बताइन् । 

सम्बन्धित सामग्री

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

काठमाडौँ, १० मङ्सिर । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीनरतीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । “रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्”, उनले भने, “आज बिहान साँढे ८ […]

द्रुत बस सेवा अलपत्र, थप २० लाख खर्च गरिँदै

तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ।...

बन्द भयो रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा

काठमाडौं : दसैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ। सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क(सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ। दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस

रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहारपछि फेरि सञ्चालन हुने

काठमाडौँ : दशैँपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहारपछि पुनः सञ्चालनमा आउने भएको छ।सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्या समाधान गर्दै तिहार बिदा सकिएलगत्तै पुनः सञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ। दशैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही वेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको

बन्द हुने अवस्थामा द्रुत बस सेवा

करिब एक महिनाअघि (३ असोजमा) तामझामका साथ सुरु भएको द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार

द्रुत बस सेवा : उद्घाटन भव्य, प्रभावकारितामा शंका

द्रुत बसहरु ट्राफिक लाइटमा रोक्ने कि नरोक्ने, एक्सप्रेस लेनलाई ओभरटेक गर्ने प्रयोजनमा प्रयोग गर्न पाइने कि नपाइनेलगायत विषयमा अन्योल छ ।

पर्सिदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा

१ असोज, काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार […]

सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु

काठमाण्डाै - सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । उहाँले यसअघि वर्षा कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न नसकिएकाे बताउनु भयाे।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ...

उपत्यकामा ३ असोजदेखि द्रुत बस सेवा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ असोजदेखि ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ । यसअघि मन्त्रालयले १ असोजदेखि उक्त बस सञ्चालन गर्ने घोषणा गरेको थियो । भौतिक...