जनकपुरधाम, असार २२ । मधेस प्रदेशको महत्वपूर्ण उत्पादन खाद्यान्न (धान र गहुँ) हो। खाद्यान्न उत्पादनको मूलस्रोत भएकाले देशका अन्य भागभन्दा मधेस प्रदेश स्रोतका हिसाबले समृद्ध छ। तर बहुआयामिक गरिबीको सूचकांकका सबै पक्षहरूमा मधेस प्रदेशलाई समग्र राष्ट्रिय अवस्थाभन्दा चिन्ताजनक अवस्थामा देखाउँछ। मधेस प्रदेशका गाउँ(बस्तीको अवस्था हेर्दा अधिकांश क्षेत्रमा समृद्धिको छेकछन्द कतै पाइँदैन। तथापि यहाँ समृद्धिका सूचकहरू […]
धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । मंगलबार भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा मंगलबार भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित गर्यो । अर्को खेलमा गण्डकीले …
कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र बागमती प्रदेशले जित निकालेका छन् । प्रतियोगिताको फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेसले लुम्बिनीलाई ११ रनले हरायो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट...
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाउनुको बावजुत त्यसपछिको तीनै सेटमा जित निकाल्दै बुढानिलकण्ठ भलिबल क्लबले मधेस प्रदेशलाई सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा दिनको अन्तिम खेलमा बुढानिलकण्ठले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । बुढानिलकण्ठले […]
काठमाडौँ,२८ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो । उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका […]
गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग
जनकपुरधाम- नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता- २०७९ का लागि मधेस प्रदेशबाट कुस्तीमा पाँच महिलासहित १५ जना छनोट भएका छन्। मंगलबार जनकपुरधामस्थित कवर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहमा १५ जना खेलाडी छनोट भएका हुन्। छनाेट हुनेमा अमरेन्द्र यादव, अमरेशकुमार यादव, अर्जुनकुमार साह, मुक्तार आलम, बुनिलाल राउत, राज यादव, मनोज यादव, लालबहादुर यादव, अवधेश यादव, राजेश […]
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । योसँगै मधेस प्रदेश
मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको हो। मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १–१ गोल गरे । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।
बुधबार दुई खेल भएकोमा एक खेल बराबरीमा टुंगियो । वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच...