मधेस प्रदेशको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग