संघीय सरकार निर्माणका लागि केन्द्रमा पाँच राजनीतिक दलले गठबन्धन बनाएका छन् । सोही गठबन्धनमा रहेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ ।
पूर्ववर्ती केपी ओली नेतृत्वको सरकार ढाल्न बनेको पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।
जेठ ८ मा केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बढी क्रियाशील भएको यो गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । गठबन्धन सरकारलाई दिश...