धनगढी : सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व पाउने विषयमा नेकपा एमालेले सोचेको पनि थिएन। तर परिस्थितिले यसरी कोल्टे फेर्यो कि अनपेक्षित रुपमा केन्द्रमा राजनीतिक समीकरण फेरबदल हुनुपुग्यो।त्यसपछि केन्द्रसँगै प्रदेश राजनीति पनि फेरियो। चुनावको परिणामअनुार सुदूरपश्चिम पनि प्रमुख प्रतिपक्षीको हैसियतमा पुगेको एमालेलाई एकाएक नेतृत्व गर्ने अवसर मिल्यो।केन्द्रमा एमालेसहितका दलको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएपछि पनि प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने