बाँकेमा आयुर्वेदिक उपचार पद्धति र औषधिमा बिरामीको आकर्षण बढेको छ । औषधिले साइड इफेक्ट नगर्ने र उपचार पद्धति पनि सहज भएकाले आकर्षण बढेको हो । धेरै वर्षदेखि एलोपेथिक उपचार पद्धतिमा विश्वास गर्दै आएकी नेपालगन्ज उपमहानगर–६, फुल्टेकाकी सुमित्रा सुवेदीलाई थाइराइड, ग्यास्टिकले सताउन थालेपछि एलोपेथिक औषधिको प्रयोग गरिन् । तर, निको भएन ।