काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालसहित १४ जना गैर सांसद भएको जिकिर गरेका छन्।
एमालेको संसदीय दलको बैठकलाई संघीय संसद भवनमा सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गरे।…