नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका छन् । आफूले प्रतिगमन भन्दा रोक्न चाहेको बताउँदै उनले सरकारलाई सहज रुपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।यद्यपि उनले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उल्टै गठबन्धनलाई प्रतिगमनको आरोप लगाए । &lsqu