ज्ञानेन्द्र शाह बाहिरिँदा वाचन गरेको घोषणा मैले लेखेको हो : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्याग्ने बेला वाचन गरेको घोषणाको ड्राफ्ट आफूले गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले वाचन गरेको घोषणा सर्वदलीय स्वीकृतिमा पार्टी कार्यालय बल्खुको चौरमा बसेर मैले ड्राफ्ट गरेको हो।’ ओलीले भने, ‘त्यसमा संसद पुर्नस्थापना गरेको छु, जनताको नासो जनतालाई सुम्पिएको छु भन्नेभन्दा केही थिएन।’उनले मा

सम्बन्धित सामग्री

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

८ मंसिर, विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा  रहेको इकम कलेज र कलेजमा  निर्माण […]

पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधाममा

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह शुक्रबार दैनिक महागङ्गा आरतीमा सहभागी भएर सङ्कल्प पूजा गरेका छन्।...

ज्ञानेन्द्र शाह विदेशबाट फर्कदा…

काठमाडौं, ७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने विदेश बसाईबाट फर्किएका छन् । उनी आज दिउँसो थाइल्यान्डबाट स्वदेश फर्किएका हुन् । शाहले यसपटक जन्मदिन पनि बैंककमै बिताए । परिवारसहित उनी विदेश बसेका थिए । ज्ञानेन्द्र शाह फर्कंदा उनका समर्थकहरु ठूलो संख्यामा विमानस्थलमा देखिएका थिए । उनीहरुले समर्थनमा नारा समेत गरे । पछिल्लो समय राजसंस्थाको […]

अब ज्ञानेन्द्र शाह खानपिनमा रमाउँदा राम्रो हुन्छ : महामन्त्री बर्तौला

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह खानपिन र नाचगानमा शौखिन भएकाले त्यसमै रमाउँदा राम्रो हुने टिप्पणी गरे ।  ‘व्यापार व्यवसाय, नाचगान र खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ’, सोमबार बाँकेको नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले भने, ‘राजसंस्थाप्रति सम्मान छ । विरोध आलोचना गर्नु छैन । तर आफ्नो मान मनितोमा त बस्नु पर्यो नि ।&rs

पूर्वराजा ज्ञानेन्द्र शाह किन विदेश जाँदैछन्

काठमाडौं, ३० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् । शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बुझिएको छ । थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले […]

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् । उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ। पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ । शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ। हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार […]

ज्ञानेन्द्र शाह दम्पती झापा पुगे

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित झापा पुगेका छन्। शाह दम्पती चन्द्रगढी विमानस्थल हुँदै शुक्रबार दमक पुगेको उनको सचिवालयले जानकारी दिएको छ। शाहका सहयोगी फणिराज पाठकका अनुसार पूर्वराजा शाहको भेटघाट र बसाइ अवधिबारे कुनै जानकारी छैन। शाह दम्पती दमकस्थित चिया बगानमा बस्नेछन्। शाह दम्पती चन्द्रगढी विमानस्थल पुग्दा उनको पक्षमा नाराबाजी भएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

काठमाडौं  ः पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।  संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएर बुधबार राति नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोरोना भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।  अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो। कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको ती

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । शाहको पीसीआर टेपटबाट नेगेटिभ आएको बुझिएको छ । नर्भिक अस्पतालमा १० वैशाखदेखि शाहको उपचार भइरहेको थियो । उनलाई अक्सिजन दिन छाडिएको केही दिन भएको थियो । चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको शाह भोलि नै डिस्चार्ज हुनसक्ने बुझिएको छ । यसैगरी, पूर्वरानी कोमल शाहको […]

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न न...