सरकारले वार्षिक १८ अर्ब नियमित बजेट उपलब्ध गराएमा सात वर्षभित्र २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चैतको अन्तिमतिर उद्घाटन भएको नौमुरे जलविद्युत्को काम अघि बढ्न सकेको छैन । तामझामका साथ घर भाडामा लिएर तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय अहिले बन्द रहेको छ ।