देउवाको उम्मेदवारी कायम, आयोगले भन्यो– उजुरी कानुनसम्मत देखिएन

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ। उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। ‘उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ,’ उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध […]

सम्बन्धित सामग्री

रवि लामिछानेविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाण्डाै - आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटै उजुरी खारेज भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो ।नेपाली नागरिकता लिएको ९० दिन नकटी...

रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उजुरी दर्ता गराएका […]

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा आयोगको भ्याकेट निवेदन

निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो ।आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै स

डा निकोलस भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।

देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरीमा आयोगले भोलिसम्ममा निर्णय गर्ने

२४ असोज, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ […]

गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

सुनसरी : कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा आज (सोमबार) उजुरी दर्ता गरेका हुन्।काठमाडौं ७ का  विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएको हुन्।  आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा उजुरी पठाउन निर्देशन दिएका थिए।

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले पैसा बाँडेको आयोगमा उजुरी, के उम्मेदवारी खारेज हुन्छ ?

निर्वाचन आयोगमा उम्मेदवारले पैसा बाँडेको उजुरी व्यापक मात्रामा आउन थालेको छ । मौन अवधि रहेको मतदानको अघिल्लो दिनसम्म २ सय ५० हाराहारी उजुरी आयोगले नोटिसमा लिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले भने, ‘पैसा बाँडेको भन्ने कुरा धेरै आएका छन्, आयोगले त्यस्ता कुराहरु नोटिसमा लिएको छ । हाम्रा अनुगमन टोलीहरू मैदानमा छन् । १८ वटा अनुगमन टोलीहरू खटाइरहेका छौँ । आचार संहिता प्रक्राउ पर्ने, कारवाही गरेको बारे सुचना दिएर साध्य नै छैन ।’ निर्वाचनको मौन अवधीको सम

उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन पाइने

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार  उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ । हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछ...