निर्वाचन आयोगमा उम्मेदवारले पैसा बाँडेको उजुरी व्यापक मात्रामा आउन थालेको छ । मौन अवधि रहेको मतदानको अघिल्लो दिनसम्म २ सय ५० हाराहारी उजुरी आयोगले नोटिसमा लिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले भने, ‘पैसा बाँडेको भन्ने कुरा धेरै आएका छन्, आयोगले त्यस्ता कुराहरु नोटिसमा लिएको छ । हाम्रा अनुगमन टोलीहरू मैदानमा छन् । १८ वटा अनुगमन टोलीहरू खटाइरहेका छौँ । आचार संहिता प्रक्राउ पर्ने, कारवाही गरेको बारे सुचना दिएर साध्य नै छैन ।’ निर्वाचनको मौन अवधीको सम