सुनसरी : कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा आज (सोमबार) उजुरी दर्ता गरेका हुन्।काठमाडौं ७ का विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएको हुन्। आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा उजुरी पठाउन निर्देशन दिएका थिए।