निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । ललितपुर क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेकी कार्कीमाथि लाभको पदमा बसेको भनेर आयोगमा परेको उजुरीमाथि छानविनका क्रममा उजुरी पुष्टि भएकोले उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ । कार्की नेपाल मेडिकल काउन्सिलको बोर्ड सदस्य रही लाभको पदमा कायम भएको देखिएकोले उम्मेदवारी खारेज गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । कार्कीले २०७८ पुस २ गतेदेखि ४ वर्षका लागि