लेटाङ घटना : महिला प्रहरीलाई गोली हानेको खुलासा, ६३ जनालाई पक्राउ गरी अनुसन्धान पुरा

एक जना महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्ट अनुसार महिला प्रहरी उर्मिला श्रेष्ठलाई गोली लागेको उल्लेख छ । यद्यपि प्रहरीले हतियार भने अझै फेला पार्न सकेको छैन । यसअघि महिलालाई भाला, लाठी र धारिलो हतियारले हानेको प्रहरीले सार्वजनिक गरेको थियो । गत चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आमइन्

सम्बन्धित सामग्री

लेटाङ घटना २० जनाविरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा  संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य

लेटाङ घटना : पाँच सदस्यीय छानबिन समिति गठन

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले मोरङको लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीले बताए ।

लेटाङ घटना: ६ सदस्यीय छानबिन समिति गठन

मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।...

लेटाङ घटना : एसएसपीको नेतृत्वमा छानविन समिति गठन

एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । &ls

लेटाङ घटना: स्थानीय त्रसित, पठनपाठन अनिश्चित

काठमाडौं । मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी कालिकामाथि यौन दुव्र्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ । सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरि भएको आक्रमणपछि विद्यालयको पठनपाठन अनिश्चत बनेको हो । विद्यालयका शिक्षक मनोज पोडेलले चैत ४ गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको घरमा गएर […]

लेटाङ घटना: कर्फ्यू जारी,९ जना पक्राउ

लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ। सोमबार बिहानदेखि लगाइएको कर्फ्यू जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

लेटाङ घटना : प्रहरीको गोली लागेका  युवकको अवस्था पनि गम्भीर

बलात्कार आरोपी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिन ढिलाइ हुँदा भएको थियो भिडन्त महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली...

लेटाङ घटना जघन्य र आततायी : मन्त्री घिमिरे

प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले मोरङको लेटाङमा आइतबार भएको घटना जघन्य र आततायी भएको बताएका छन् । आज साँझ एक विज्ञप्ति जारी गरेर उनले लेटाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफु स्तब्ध भएको पनि बताएका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका मन्त्री घिमिरेले आइतबारको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तव्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘मिति २०७८ चैत्र ४ गते शिक्षा विकास

लेटाङ घटना अनुसन्धानका लागि १२ जना पक्राउ

७ चैत, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए । […]

लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश

छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा  एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।  आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...