काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ खाली गर्न खटिने नगर प्रहरीको प्रोत्साहन भत्ता बढाउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको आठौँ बैठकले नगर प्रहरीले पाउँदै आएको दैनिक तीन सय भत्ताबाट बढाएर पाँच सय पुर्याउने निर्णय गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार ड्युटी समयभन्दा बढी खटिने नगर प्रहरीलाई उक्त भत्ता दिइनेछ । यस्तै, बैठकले काठमाडौँ महानगरभित्रका सरकारी […]