१६ जेठ, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० वर्ष माथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले ४० वर्ष माथि भएर पनि विवाह नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । त्यस्तै आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने छन् । […]