बागमती प्रदेशले नवौंमा स्वर्ण जित्ने खेलाडीलाई ६ हजार भत्ता दिने

बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।  प्रदेशले सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई भत्ता दिने निर्णय गरेको हो । अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि भत्ता दिने भएको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।  प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई दिने भएको हो । प्रदेशले नवौ