१२ पुल शिलान्यास, सम्पन्न शून्य

आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना ...

सम्बन्धित सामग्री

पक्की पुल शिलान्यास

बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित राजपुर खोलामा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै आएका बुटवल–१२, तामनगरस्थित राजपुरका बासिन्दाले पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन् । राजपुर खोलामा पक्की पुल निर्माण भएपछि राजपुर खोला भएर यात्रा गर्नेले सुविधा पाउने भएका छन् । स्थानीय हरिप्रसाद शर्माले खास गरी वर्षाको समयमा खोलामा बाढी आउँदा पल्लो गाउँ जान घुमेर जानुपर्ने बाध्यता अब पुल निर्माण सम्पन्न भएपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

बडहरे खोलामा मोटरेवल पुल निर्माण

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास  भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए। तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे […]

सेतीमा चार लेनको पुल शिलान्यास

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कास्की जिल्लास्थित पोखराको सेती नदीमाथि सिग्नेचर पुल बन्ने भएको छ । १ अर्ब १० करोड रुपैयाँ लागतमा सेती नदीमाथि ४ लेनको पुल बन्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिवार उक्त पुलको शिलान्यास गरेका छन् । उक्त पुल १९० मीटर लामो हुनेछ । २०८२ भदौ मसान्तभित्र निर्माण सम्पन्न गरिने उनको भनाइ छ । शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले समेत निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन् । ‘कुनै पनि बहानामा काममा ढिलाइ गर्न पाइँदैन,’ उनले भने, ‘समयमै काम सक्ने गरी सबै पक्षले सक्रियता देखाउनुपर्छ ।’ कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताइन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न तयार रहेको बताए । एडीबीको ऋण सहयोगमा सञ्चालित सासेक मुग्लिन–पोखरा राजमार्ग सुधार चरण–१ योजनाअन्तर्गत पोखराको सेती नदीमा पुल निर्माण हुने भएको हो ।  पुलको शिलान्यास शनिवार भए पनि निर्माण सम्झौता भने २०७९ साउन २६ गते गरिएको थियो । पुल डिजाइन तथा निर्माण सम्झौता विधिअनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीसँग सरकारले सम्झौता गरेको थियो । सम्झौता अवधिदेखि कम्पनीले ३ वर्षसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने शर्त छ । चार लेनको बन्ने उक्त पुलमा दायाँ र बायाँको पहुँचमा ५०० मीटरको सर्भिस लेनसहितको सडक पनि निर्माण हुनेछ । अहिले निर्माण व्यवसायी सम्झौताबमोजिम गर्नुपर्ने तयारी कार्यहरू सम्पन्न गरेर फिल्डमा जाने अवस्था रहेको बताइएको छ ।

६ वर्षसम्म  बनेन पुल

काभ्रे र मकवनपुर जोड्ने सिक्रेदोभान वाग्मती खोलाको पक्की पुल शिलान्यास गरेको ६ वर्ष बित्यो । पुल निर्माण सम्पन्न नहुँदा डाँडापारि क्षेत्र (खानी खोला र महाभारत) का स्थानीयलाई प्रदेश राजधानी हेटौँडा आवतजावतमा समस्या भएको छ ।

चावहिल चोक र मित्रपार्कमा बन्ने भयो आकाशे पुल

काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।  आइतवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।  पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।  उनले स्थानीयवासीको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए ।  ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफि...

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।  पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए । मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ ग

मुख्यमन्त्री पाण्डेद्वारा महेशखोलामा मोटरेबल पुल शिलान्यास

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा धादिङको थाक्रे गाउँपालिका–१ र गल्छी गाउँपालिका–८ को सीमावर्ती महेशखोलामाथि पक्की मोटरेबल पुलको बुधबार एक समारोहबीच शिलान्यास गरेका छन् । खयरघारी सीमपानी सडक पुल निर्माणको ठेक्का हिम सगरमाथा ज्वालामुखी जेभीले पारेको छ । उक्त कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको […]

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा ...

निर्माण पूरा नहुँदै भत्किने अवस्थामा पुग्यो पुल

१४ करोड ९३ लाखमा उक्त पुल निर्माण गर्ने ठेक्का पप्पुले लिएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गर्दा कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने वचनबद्धता प्रकट गरेको थियो। समयमा पुल निर्माण हुन नसक्दा निरन्तर जीर्ण बन्दै गएको ...