पक्की पुल शिलान्यास

बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित राजपुर खोलामा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै आएका बुटवल–१२, तामनगरस्थित राजपुरका बासिन्दाले पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन् । राजपुर खोलामा पक्की पुल निर्माण भएपछि राजपुर खोला भएर यात्रा गर्नेले सुविधा पाउने भएका छन् । स्थानीय हरिप्रसाद शर्माले खास गरी वर्षाको समयमा खोलामा बाढी आउँदा पल्लो गाउँ जान घुमेर जानुपर्ने बाध्यता अब पुल निर्माण सम्पन्न भएपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

सेतीमा अलपत्र पक्की पुल: तीन पटक म्याद थप्दा २५ प्रतिशत प्रगति

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गर्‍यो।

सेतीमा अलपत्र पक्की पुल: तीन पटक म्याद थप्दा २५ प्रतिशत प्रगति

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गर्‍यो।

बङ्सिलाघाट पक्की पुल शिलान्यास

बङ्सिलाघाटस्थित सुनकोसी नदीमा पक्की पुल शिल्यानास गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ र खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने उक्त पुलको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शुक्रबार शिल्यानास गरेका हुन् ।

महाकाली नदीमा पक्की पुल शिलान्यास

दार्चुलामा आज महाकाली नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेबल पुलले विकासको ढोका खोल्ने बताए ।भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए । “

महाकाली नदीमा पक्की पुल शिलान्यास

काठमाडौँ,३ असोज । दार्चुलामा आज महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन्। पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए । भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल […]

माधव नेपालले प्रधानमन्त्री हुँदा उद्घाटन गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन

वागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो। तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन।...

आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

खोटाङ- तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र […]

१२ पुल शिलान्यास, सम्पन्न शून्य

आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना ...

सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिने पक्की पुल शनिबार प्रदेशसभा सदस्य राजन राईले औपचारिकरुपमा शिलान्यास गर्नुभएको हो ।

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् ।