सेतीमा चार लेनको पुल शिलान्यास

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कास्की जिल्लास्थित पोखराको सेती नदीमाथि सिग्नेचर पुल बन्ने भएको छ । १ अर्ब १० करोड रुपैयाँ लागतमा सेती नदीमाथि ४ लेनको पुल बन्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिवार उक्त पुलको शिलान्यास गरेका छन् । उक्त पुल १९० मीटर लामो हुनेछ । २०८२ भदौ मसान्तभित्र निर्माण सम्पन्न गरिने उनको भनाइ छ । शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले समेत निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन् । ‘कुनै पनि बहानामा काममा ढिलाइ गर्न पाइँदैन,’ उनले भने, ‘समयमै काम सक्ने गरी सबै पक्षले सक्रियता देखाउनुपर्छ ।’ कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताइन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न तयार रहेको बताए । एडीबीको ऋण सहयोगमा सञ्चालित सासेक मुग्लिन–पोखरा राजमार्ग सुधार चरण–१ योजनाअन्तर्गत पोखराको सेती नदीमा पुल निर्माण हुने भएको हो ।  पुलको शिलान्यास शनिवार भए पनि निर्माण सम्झौता भने २०७९ साउन २६ गते गरिएको थियो । पुल डिजाइन तथा निर्माण सम्झौता विधिअनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीसँग सरकारले सम्झौता गरेको थियो । सम्झौता अवधिदेखि कम्पनीले ३ वर्षसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने शर्त छ । चार लेनको बन्ने उक्त पुलमा दायाँ र बायाँको पहुँचमा ५०० मीटरको सर्भिस लेनसहितको सडक पनि निर्माण हुनेछ । अहिले निर्माण व्यवसायी सम्झौताबमोजिम गर्नुपर्ने तयारी कार्यहरू सम्पन्न गरेर फिल्डमा जाने अवस्था रहेको बताइएको छ ।   

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  उक्त सचिवालयका अनुसार एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुल लम्बाइ ६ सय मिटर लामो हुनेछ ।  ‘डबल लेन’को […]

महाकाली नदीमा पक्की पुल शिलान्यास

दार्चुलामा आज महाकाली नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेबल पुलले विकासको ढोका खोल्ने बताए ।भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए । “

महाकाली नदीमा पक्की पुल शिलान्यास

काठमाडौँ,३ असोज । दार्चुलामा आज महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन्। पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए । भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल […]

माधव नेपालले प्रधानमन्त्री हुँदा उद्घाटन गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन

वागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो। तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन।...

भेरी नदीमाथिको पुल ६ वर्षअघि शिलान्यास, दोस्रो पटक टेन्डर

भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथिको पुल शिलान्यास भएको छ वर्षपछि दोस्रो पटक टेन्डर प्रक्रिया सुरु भएको छ।...

पद सम्हालेकै पर्सीपल्टल मेयरले पुल शिलान्यास गरेपछि स्थानिय खुसी

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १ र ३ को सिमानामा पर्ने बालगंगा खोलामा पुल शिलान्यास भएपछि स्थानिय हर्षित भएका छन । शुक्रबार मात्रै मेयरको पदभार सम्हालेका मेयर मनोज कुमार आचार्यले बुधबार नगरको वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलामा पक्की पुलको शिलान्यास गरे । मेयर आचार्यले यतिबेला विकास निर्माण कार्यमा तिब्रता दिएका […] The post पद सम्हालेकै पर्सीपल्टल मेयरले पुल शिलान्यास गरेपछि स्थानिय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।  पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए । मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ ग

सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन् । संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको  गरी ८५ लाख ८२ हजार (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै

मुख्यमन्त्री पाण्डेद्वारा महेशखोलामा मोटरेबल पुल शिलान्यास

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा धादिङको थाक्रे गाउँपालिका–१ र गल्छी गाउँपालिका–८ को सीमावर्ती महेशखोलामाथि पक्की मोटरेबल पुलको बुधबार एक समारोहबीच शिलान्यास गरेका छन् । खयरघारी सीमपानी सडक पुल निर्माणको ठेक्का हिम सगरमाथा ज्वालामुखी जेभीले पारेको छ । उक्त कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको […]

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा ...