अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही

वैशाख ५, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ महीनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रू. एक करोड १८ लाख ६१ हजार राजस्व संकलन गरेको छ ।  अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिए । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना संकलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी, खान अयोग्य वा म्याद सकिएका रु ५३ लाख ५४ हजार ८४७ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । सो अवधिमा सबैभन्दा धेरै ६२७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा ३६८ पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।  यस्तै १८६ ओटा कस्मेटिक तथा कपडा पसल, ११२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरी र ८८७ अन्य उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीदविक्री बिल नराख्ने फर्मलाई रू. पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।  पछिल्लो समय बजारमा छडलगायत निर्र्माणसामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोेक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।  नियमित बजार अनुगमन भइरहेको उल्लेख गर्दै उनले विभागले उपभोग्य वस्तु र गुणस्तरमा केन्द्रित भएर अनुगमन गर्ने गरेको बताए । रासस

सम्बन्धित सामग्री

एक वर्षमा ३ हजार ६ सय ९५ फर्मको अनुगमन, ७ सय ९९ लाई कारबाही

काठमाण्डाै - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९/८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक जरिबाना गरेको हो । एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिबाना गर्दा एक करोड ९८ लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिनुभयो ।  उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधार...

३ हजार ३९५ फर्मको अनुगमन, ७९९ लाई कारबाही

काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्...

३ हजार ३९५ फर्मको अनुगमन, ७९९ लाई कारबाही

काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्...

तीन हजार छ सय ९५ फर्मको अनुगमन, सात सय ९९ लाई कारबाही

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ।विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षकोे अवधिमा सात सय ९९ वटा व्यापारिक फर्मरकम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो।एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिवाना गर्दा रु एक करोड ९८ लाख चार हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन होमनाथ