चैते दसैंका लागि सिँगारियो जनकपुरको राजदेवी मन्दिर (तस्बिरसहित)

जनकपुरधाम – चैते दसैं आजबाट सुरु भएको छ। चैते दसैंका लागि जनकपुरधामस्थित राजदेवी मन्दिरलाई सजाइएको छ भने देवीको दर्शन गर्न श्रद्धालु भक्तजनहरुको आउने क्रम सुरु भएको छ। दसैंको पहिलो दिन आज घटस्थापना गरिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि दशमीसम्म हर्षोल्लास र धूमधामका साथ दसैं मनाइने गरिन्छ। यस अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्ति पीठमा […]

सम्बन्धित सामग्री

अध्यक्ष ओली आज बैतडीमा आउँदै, सिँगारियो खुल्लामञ्च

बैतडी : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली  आज आउने कार्यक्रम रहेको छ। पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न उनी बैतडी आउन लागेका हुन्। पाटनको चुनावी सभालाई ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए।  अध्यक्ष ओली  आउने भएपछि  पाटन बजार र चुनावी आमसभा स्थल  पाटनको खुल्ला मञ्च  सिँगारिएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्याप

दुलहीझैँ सिंगारियो घडिअर्वा

श्रद्धा र निष्ठापूर्वक गरिने छठ पूजाको वीरगन्जको घडिअर्वा पोखरीलाई दुलहीझैँ सिंगारिएको छ । कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भएको यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको...

दुलही झैँ सिँगारियो नेपाल रेल्वे (तस्बिरहरुसहित)

जनकपुरधाम – नेपाल रेल्वेलाई दुलही झैँ सिँगारिएको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेललाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त भर्चुअल विधिबाट स्विच थिचेर शुभारम्भ गर्नेछन्। उद्घाटनपश्चात आइतबारदेखि नियमित जनकपुरधाम जयनगर रेल यात्रुसहित सञ्चालनमा आउने छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले दुई देशका प्रधानमन्त्रीले १२ बजेर २० मिनेटमा संयुक्त […]

उद्घाटन अघि दुलहीझैँ सिँगारियो रेल

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने  कार्यक्रम रहेको छ । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् ।  उद्घाटन अघि भारतको जयनगरमा रेललाई फुलहरूले चिटिक्क पारेर सजाइएको छ । कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा  नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए । &n

सिँगारियो पाल्पाको ऐतिहासिक रानीमहल

पाल्पा । प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवार अहिले सिँगारिएको छ । जंगल, झाडी र फोहोरले भरिएको रानीमहल दरवार तीन महिनाको अवधिमा अहिले सफा र सुन्दर भएको छ । प्रेमको प्रतिक मानिने पाल्पाको रानीमहल दरवारलाई अहिले सफा सुन्दर बनाइ सिंगारिएको छ । कोभिड– १९ का कारण महल कुरुप बन्न पुगेको थियो । जंगल, झाडी तथा फोहोरले […]

मकर मेलाले फेरियो पनौती‚ सिँगारियो त्रिवेणीघाट

काभ्रे : काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्र सिँगारिएको छ। ऐतिहासिक र पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एकपटक लाग्ने मकर मेलाको तयारी तीव्र रूपमा भएको छ।भोलि अर्थात् माघ १ गतेबाट पनौतीको त्रिवेणीघाटमा हर्षोल्लासका साथ एक महिना विशेष रूपमा मनाइने मकर मेलाका लागि भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङरोगनले चिटिक्क देखिएको छ।मकर मेला नजिकिएसँगै पनौतीमा चहलपहल बढेको छ भने पनौतीको रूप पनि फेरिएको छ। त्यस्तै यतिवेला त्रिवेणीघाट क्षेत्रका मन्दिर र परिसर

विवाहपञ्चमीको पूर्वसन्ध्यामा बेहुलीझैँ सिँगारियो जानकी मन्दिर

जनकपुरधाम- सीता राम विवाह महोत्सवको पूर्वसन्ध्यामा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ । एक सातासम्म मनाइने सीता राम विवाह महोत्सवको मुख्य दिन बुधवार स्वयंवर तथा शुभ विवाहको कार्यक्रम छ । विवाह हेर्न नेपालको विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन पुगेका छन् भने आउने क्रम जारी छ। शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव बिहीबार […]

छठका लागि सिँगारियो गौरीघाट

छठ पर्वका लागि पशुपतिस्थित गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ । घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्ष अनिल सिंहले रातोपाटीसँग बताए । छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी भोलि ३ बजे गौरीघाट जाने कार्यक्रम छ ।सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । व्रत सुरु भइसक

दुलहीझैँ सिँगारियो जनकपुरधामको राजदेवी मन्दिर

जनकपुरधाम – दसैँको अवसरमा जनकपुरधामको शक्तिपीठ दुल्हीझैँ सिँगारिएको छ। दसैँको पहिलो दिन यहाँको सबै शक्तिपीठमा विभिन्न किसिमको रंगिचंगी बत्ती लगाएपछि मन्दिरहरू आकर्षणको केन्द्र बनेका छन्। राजा जनकको कुल देवताको रूपमा रहेको राजदेवी मन्दिर भने अहिले सबैको आकर्षणको केन्द्र बनेको छ। दसैँको पहिलो दिनदेखि नै यहाँ श्रद्धालु भक्तजनको भीड लागेको छ। जनकपुरधाममा रामानन्द चौक, मुर्ली चौक, […]

दसैँमा जनकपुरधामस्थित शक्तिपीठ सिँगारियो (फोटोफिचर)

दसैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपीठलाई दुलही झैँ सजाइएको छ । जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ भने बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपीठहरुलाई पनि झिलिमिली बनाइएको छ । दसैँ अवधिभर जनकपुरधाम उपमहानगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइन्छ ।