प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् । उद्घाटन अघि भारतको जयनगरमा रेललाई फुलहरूले चिटिक्क पारेर सजाइएको छ । कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए । &n