छठ पर्वका लागि पशुपतिस्थित गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ । घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्ष अनिल सिंहले रातोपाटीसँग बताए । छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी भोलि ३ बजे गौरीघाट जाने कार्यक्रम छ ।सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । व्रत सुरु भइसक